साफ यु–२० महिला च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट

असार १, २०८२ | काठमाडौं

साफ यु–२० महिला च्याम्पियनसिप फुटबलका लागि तयारीमा रहेको नेपाली टोलीमा ३० खेलाडी छनोट भएका छन् ।

यु–२० महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेका ४० बाट ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

३० खेलाडीबाट अन्तिम टोली घोषणा हुन भने बाँकी छ । टोलीले यहि असार २७ देखि साउन ४ गतेसम्म बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ । बंगलादेश जानु अघि टोलीको अन्तिम छनोट हुनेछ ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान गरि ४ टोलीको सहभागिता रहनेछ । नेपाल असार २७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।    


प्रतिक्रिया