टी–२० विश्वकप छनौटमा नेपाल र सामाओ खेल्दै

आश्विन ३१, २०८२ | काठमाडौं
नेपालले आज आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा आज आफ्नो अन्तिम खेलमा सामाओसँग खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेलमा सामाओविरुद्ध खेल्न लागेको हो ।
आजको खेल जिते नेपालले विश्वकप छनौट प्रतियोगिताको उपाधिसमेत जित्ने छ । नेपाल सुपर–६ को शीर्ष स्थानमा रहदै ८ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको ओमानको ६ अंक छ ।
छनोटमा उपाधि जितेमा खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । राष्ट्रिय खेलकुद सदस्यसचिव टंकलाल घिसीङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो रकम खेलाडिलाई दिइने बताउनुभयो । बुधबार भएको खेलमा ओमानलाई हराएसँगै नेपाल च्याम्पियन नजिक पुगेको छ । आज हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ ।