मोरक्को र सेनेगल अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश
पुस २६, २०८२ | काठमाडौं
आयोजक मोरक्को अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनल प्रवेश गरेको छ ।
घरेलु मेदानमा गएराति भएको खेलमा क्यामरुनलाई २–० गोलले पराजित गर्दै मोरक्को अन्तिम चारमा प्रवेश गरेको हो ।
मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माइल साइबारीले एक÷एक गोल गरे । अर्को खेलमा सेनेगलले मालीलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सेनेगलका लागि खेलको २७ औं मिनेटमा इलिमन एनडियेले गरेको गोल निर्णायक बन्यो ।
प्रतियोगिताअन्तर्गत आज हुने क्वाटरफाइनलमा अल्जेरिया र नाइजेरिया तथा इजिप्ट र आइभरीकोस्टबीच प्रतिस्पर्धा हुनेछ ।










