केएनपी राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस र न्यु डाइमन्ड फाइनलमा
पुस २४, २०८२ | काठमाडौं
नेपाल पुलिस र न्यु डाइमन्ड काठमाडौंमा आयोजित केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगेका छन् । आजको दोस्रो खेलमा न्यु डाइमन्डले एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो ।
यसअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको पहिलो खेलमा पुलिसले आर्मीलाई ३–२ ले हराएको थियो । न्यु डाइमन्डको जितपछि एक खेल अगावै शीर्ष दुई टोलीको टुंगो लाग्दै फाइनल समीकरण पुरा भएको हो ।









