एसेज सिरिज अस्ट्रेलियाको कब्जामा

पुस २४, २०८२ | एजेन्सी

अस्ट्रेलियाले एसेज सिरिजको अन्तिम म्याचमा इङल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । पाँचौं म्याचमा १ सय ६० रनको लक्ष्य पाएको अस्ट्रेलियाले अन्तिम दिन ३१ दशमलव २ ओभरमा ५ विकेट गुमाएर सहज जित हात पारेको हो । इङल्याण्डले पहिलो इनिङमा ३ सय ८४ र दोस्रो इनिङमा ३ सय ४२ रन बनाएको थियो । अस्ट्रेलियाले भने पहिलो इनिङ ५ सय ६७ रन जोडेको थियो । अन्तिम म्याच जितेसँगै घरेलु टोली अस्ट्रेलियाले सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको हो । 


प्रतिक्रिया