आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण अर्को साताबाट
माघ १८, २०८२ | काठमाडौं
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण अर्को साताबाट पोखरामा सुरु हुने भएको छ ।
पहिलो पटक पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी साँझको समयमा खेल सञ्चालन गरिने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ । यसवर्ष प्रतियोगितामा पुरस्कार राशिमा वृद्धि गरिएको छ । विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र दोस्रो टोलीले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।










