प्रधानमन्त्री कप : गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी
चैत्र १५, २०८२ | काठमाडौं
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्ततर्गत आज भएका दुइ खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । काठमाडौंको मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ४३ रन र आर्मीले बागमती प्रदेशमाथि ३ विकेटको जित निकालेको हो ।
तल्लो मुलपानी मैदानमा २१ ओभरमा छोट्याइएको खेलमा गण्डकी प्रदेशले ७ विकेटको क्षतिमा दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको एपीएफ १८ दशमलव ३ ओभरमो अल आउट हुँदै १ सय ७ रनमा समेटिएको हो । एपीएफमाथि ४३ रनको जित निकालेको गण्डकीले जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
यस्तै मुलमापनीमै भएको खेलमा अर्मीले बागमती प्रदेशले दिएको २ सय ९ रनको लक्ष्य २७ दशमलव ५ ओभरमा भेट्टाउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको छ । अपराजित आर्मी खेलेका ४ मध्ये ३ खेल जित्दै ७ अंक बनाएर शीर्ष स्थानमा छ । अर्मीले एपीएसँगको खेल वर्षाका कारण रद्द हुँदा १ अंक बाँडेको थियो । प्रतियोगितामा पहिलो जित निकालेको गण्डकी प्रदेशको ३ अंक भएपनि आठौं स्थानमा छ ।










