इटहरी गोल्डकको पहिलो सेमिफाइनलमा गछिया र मछिन्द भिड्ने
वैशाख ४, २०८३ | काठमाडौं
इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज मोरङको गछिया युवा समाज र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल इटहरी रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा गछियाले नाइजेरियाली क्लब जस्ट जोन एफसीलाई र मछिन्द्रले झापा ११ एफसीलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
दुवै टोली फाइनल प्रवेश गर्ने योजनासहित मैदान उत्रने छन् ।
यस्तै, भोली हुने दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब र ललितपुरको सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुनेछ ।










