रुसमा कन्सर्ट हलमा भएको आक्रमणमा ९३ जनाको मृत्यु

फाईल फोटो  

चैत्र १०, २०८० | काठमाडौं

रुसको मस्कोस्थित एक कन्सर्ट हलमा भएको आक्रमणमा कम्तिमा ९३ जनाको मृत्यु भएको छ । सो घटनामा १ सय बढि घाइते भएका छन् । आक्रमणकारीहरूले बन्दुक र आगजनी गर्ने उपकरणहरूद्वारा सो स्थानमा आक्रमण गरेपछि सो घटना भएको बीबीसीले जनाएको छ । हमलाको जिम्मेवारी आतङ्कवादी समूह इस्लामिक स्टेट अफ इराक एण्ड अल सामले लिएको छ ।

सो समूह सम्बद्ध समाचार एजेन्सी अमाकले संक्षिप्त वक्तव्य जारी गर्दै हमलाको जिम्मेवारी लिएको हो । घटना क्रोकस सिटी हलमा रक कन्सर्ट भइरहेको समयमा बन्धुकधारीहरुले आक्रमण गरेको थिए । बन्धुकधारीले विस्फोटक पदार्थ प्रयोग गर्दा हलमा आगलागी समेत भएको थियो । यसैबीच, सो आक्रमणमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको रुसी अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यसैबीच, सो घटनाप्रति नेपाल सरकारले भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताएको छ । सरकारले दुखको घडीमा रुसी जनता र रुसी सरकार, पीडित र तिनका परिवारप्रति समवेदना र सहानुभूति समेत व्यक्त गरेको छ ।   


प्रतिक्रिया