थाइल्यान्डमा समलिङ्गी विवाहलाई वैधानिकता

चैत्र १४, २०८०

थाइल्यान्डले समलिङ्गी विवाहलाई वैधानिकता दिएर ऐतिहासिक कदम चालेको छ । तल्लो सदनबाट समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित भएको बीबीसीले जनाएको छ । सो कानुन बन्नको लागि अझै पनि सिनेटबाट अनुमोदन र शाही समर्थन चाहिन्छ । 

सन् २०२४ को अन्त्यसम्ममा सो कानुन सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । सो कदमसँगै थाइल्याण्डलाई समलिंगी विवाह सम्बन्धलाई मान्यता दिने एक मात्र दक्षिणपूर्वी एसियाली मुलुक बनेको छ । सदनमा ४ सय १५ उपस्थित भएकामध्ये ४ सय सांसदले पक्षमा मतदान गरेको सो कानुनमा विवाह पुरुष र महिला बीच मात्र हुने साझेदारीको सट्टा दुई व्यक्ति बीच हुने साझेदारीको रूपमा व्याख्या गरिएको छ । 


प्रतिक्रिया