बेलायत :  भावी प्रधानमन्त्रीको  टुंगो लाग्दै 

श्रावण ७, २०७६

-   बेलायतका भावी प्रधानमन्त्रीको आज औपचारिक घोषणा हुँदैछ ।  सत्तारूढ कन्जरभेटिभ दलले बोरिस जनसन वा जेरेमी हन्टमध्ये एक जनालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्न लागेको हो । स्थानीय समय अनुसार पौने १२ लण्डनमा करिब एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय सार्वजनिक गरिने बीबीसीले उल्लेख गरेको छ ।

आफ्नै दलमा सांसदहरूको तीव्र विरोध व्यहोरिरहेकी प्रधानमन्त्री टेरेजा मेले आजै मन्त्रिपरिषद्को अन्तिम बैठक आहृवान गर्नुभएको छ । संसद्माको सवालजवाफमा सहभागी भएपछि महारानी समक्ष मेले आफ्नो राजीनामा बुझाउनु हुनेछ ।  

 


प्रतिक्रिया