नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

रेडियो कान्तिपुर संवाददाता

श्रावण १५, २०७७ | काठमाडौं

गत सोमबारबाट लगातार ओरालो लागेको धितोपत्र बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार परिसूचक नेप्से ७ दशमलव ५३ अंकले उकालो लागेर एक हजार ४ सय ३९ दशमलव ६ बिन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ३६ करोड रुपैयाँले कमी आएको छ । बुधबार २३ अंकले ओरालो लागेको नेप्सेमा एक अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

नेप्सेमा बिहीबार कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ५५ दशमलव ४९ अंकले उकालो लागेको छ ।

यस्तै, निर्जीवन बीमाको ५० दशमलव ४६, उत्पादन मूलकको २७ दशमलव १८, लघुवित्तको १५ दशमलव २ र होटल कम्पनी समूहको उपसूचक १३ दशमलव ८८ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ८९ कम्पनीका २१ हजार ८ सय १८ कारोबारबाट ३४ लाख ३० हजार ५ सय ३२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ३२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया