लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

श्रावण १९, २०७७ | काठमाडौं

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लागेका व्यापारिक घरानाका व्यक्तिलाई नै सरकारले बोर्डको सीईओ नियुक्त गरेको हो । 


प्रतिक्रिया