कंग्रेसको १४ औं महाधिवेशनलाई कर्मकाण्डी बनाउन खोजिएको छ : नेता आचार्य

आश्विन ८, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 24 September 2020 | 8 Ashwin 2077

कंग्रेसका नेता महेश आचार्यले पार्टीको १४ औं महाधिवेशनलाई कर्मकाण्डी मात्रै बनाउन खोजिएको बताउनुभएको छ । पार्टीमा बिचार सिद्धान्त भन्दा पनि व्यक्तिवादी चरित्र हावी भएको, गुट उपगुटको लडाँई जारी रहेकाले १४ औं महाधिवेशन पनि अपेक्षा अनुसारको परिणाम आउन नसक्ने उहाँको भनाई छ । पार्टी सभापतिले गुटगत राजनीतिलाई संस्थागत गरेको आचार्यले आरोप लगाउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनसमा विहान कुरा गर्दै आचार्यले संवैधानिक परिषद सत्तारुढ नेकपाको छायाँमा पर्दा समेत प्रतिपक्षी मौन बसेको आरोप लगाउनुभयो । सरकारका गलत काम कारवाही विरुद्ध प्रतिपक्षीले प्रभावकारी आवाज उठाउन नसकेको नेता आचार्यले आरोप लगाउनुभयो ।


प्रतिक्रिया