हङकङमा कोरोना भाइरसको सामूहिक परीक्षण सुरु

भाद्र १६, २०७७ | काठमाडौं

संक्रमणदर बढ्दै गएपछि हङकङमा कोरोना भाइरसको सामूहिक परीक्षण सुरु गरिएको छ । स्वेच्छिक रुपमा जारी परिक्षणमा चीनियाँ स्वास्थ्यकर्मीले सहजकर्ताको भूमिका निर्वाह गरेका छन् ।

 हालसम्म पाँच लाखभन्दा बढीले नि:शुल्क परीक्षणका लागि रजिस्ट्रेशन गराइसकेको बीबीसीले उल्लेख गरेको छ । यद्यपी चाीनको नयाँ योजनाअनुसार हुन लागेको परिक्षण भन्दै कयौं लोकतन्त्र समर्थकले भने परिक्षण बहिष्कार गरेका छन् । 

चीनले परीक्षणको बहानामा हङकङका नागरिकको डीएनए संकलन गरिरहेको उनीहरुको आरोप छ । ७५ लाखको आवादी रहेको हङकङमा ५ हजार बढीमा संक्रमण फैलिएको छ । 


प्रतिक्रिया