थाई राजकुमारी आउने भएपछि लुम्बिनीमा सरसफाई

कार्तिक २, २०७४ | कपिलवस्तु

 

गौतम बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएको छ । थाई राजकुमारी महा चक्ररी श्रीरिनध्रोन आउने भएपछि सशस्त्र र नेपाल प्रहरीले ३ दिन सम्म सरसफाई गरी सुन्दर बनाएका छन् । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरी देखि मायादेबी मन्दिर गेट सम्म सरसफाई गरी मनोरम र आकर्षक बनाईएको छ । लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर ट्रली फोहर निकालेर सुन्दर बनाईएको छ ।

पोखरी हेर्न लायक मनोरम बनेको छ । एक किमी ४ सय मिटर केन्द्रीय नहर आसपासका फोहर बढारेर र उठाई फालिएको छ । त्यस्तै बेबी बुद्धको मुर्तिको सरसफाई गरी सुन्दर बनाईएको छ । त्यहाँबाट मायादेवी पुग्ने ६ सय मिटर बाटो सम्मको फोहर, झारपात र प्लास्टिक संकलन गरी फालिएको छ । बाटोलाई पानी धोएर पखाली सफा गरेर चिटिक्कको बनाईएको छ ।

लुम्बिनीस्थित सशस्त्र प्रहरी बलको नेतृत्वमा नेपाल प्रहरीका १५ र सशस्त्रका ४६ जनाले सरसफाई गरेका हुन् । असोज ३१, कार्तिक १ र २ गते ३ दिन सम्म बिहान ६ बजेदेखि १० बजे सम्म सरसफाई गरेर सुन्दर बनाएका छौं सशस्त्रका नायव उपरिक्षक दर्शन गिरीले भन्ज्नुभयो, त्यही बेला थाई राजकुमारीको आगमन परेकाले अझ राम्रो भयो ।

सामाजिक उतरदायित्व पुरा गर्न काम गरेको भन्दै उहाँले लुम्बिनीको सकारात्मक सन्देश फैलाउन सरसफाईलाई निरन्तर जारी राख्ने बताउनुभयो ।   

६२ वर्षे राजकुमारी थाई सरकारको सरकारी कार्यक्रम अन्तर्गत कार्तिक ३ गते शुक्रबार लुम्बिनी आउँदै हुनु हुन्छ । उहाँ लुम्बिनीमा निर्माण भएको रोयर थाई विहार उद्घाटन गर्न नेपाल आउन लाग्नु भएको हो । रोयर थाई विहार उद्घाटन पछि उहाँ भोली नै थाईल्याण्ड फर्कनु हुनेछ । 

 


प्रतिक्रिया