उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु

वैशाख १२, २०८१

इलाम र बझाङमा आगामी शनिबार हुने उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचनको ४८ घण्टा अगाडिदेखि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । आजराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । 

सो अवधिमा निर्वाचन प्रचार प्रसार, चुनावी प्रयोजनका लागि अन्र्तवार्ता वा विज्ञापन, सभा, जुलुस गर्न नपाईने निर्वाचन आचारसंहितामा उल्लेख छ । प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । इलाममा विभिन्न दल र स्वतन्त्र गरी १९ र बझाङमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । इलामको उपनिर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएर तिव्र प्रचार गरिरहेका छन् ।


प्रतिक्रिया