लमजुङको बेंसीसहर-९ का वडा अध्यक्ष गुरुङ पक्राउ

वैशाख १३, २०८१ | लमजुङ

लमजुङको बेंसीसहर नगरपालिका–९ का वडाअध्यक्ष खुसीजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङविरुद्ध अभद्र व्यवहार कसूरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

बैशाख ९ गते राति वडा अध्यक्ष गुरुङको कुटपिटबाट बेंसीसहर नगरपालिका–७, सहजीका सुनिल थापा भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

पीडित थापाले शौचालय गएर फर्किने क्रममा आफूमाथि वडा अध्यक्ष लगायतले सिसा प्रहार गर्नुका साथै कुटपिट गरेको बताएका छन् । 

पीडित परिवारले कुटपिटमा संलग्न अन्य विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ नगरेको गुनासो गरेका छन् । प्रहरीले गुरुङलाई घटना घटेको राति नै पक्राउ गरेको जनाएको छ । 

वडा अध्यक्ष गुरुङको कुटपिटबाट घाइते थापाको टाउको, हात र निधारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले गुरुङविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुन्धान भइरहेको बताउनुभयो । 

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट बुधबार दिन ७ को म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक चपाईंले जानकारी दिनुभयो । 

वडाअध्यक्ष गुरुङले भने घटना समान्य रहेको र आफूले कुटपिट नगरेको भेटघाटमा जाने साथीहरुलाई बताउने गरेका छन् ।


प्रतिक्रिया