गर्मीका कारण कपिलवस्तुमा ६ दिन स्कूल बिदा

जेष्ठ २९, २०७५ | कपिलवस्तु

गर्मी बढेपछि कपिलवस्तुमा ६ दिनका लागि विद्यालय बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सरकारी र निजी विद्यालय बिदा दिईएको हो । ४ सय ३३ सरकारी र एक सय निजी विद्यालय आजबाट आगामी आईतवारसम्मका लागि बिदा दिइएको कपिलवस्तु नगरपालिकाका शिक्षा ईकाई प्रमुख राम कोईरालाले बताउनुभयो ।

उहाँका अनुसार ३/४ दिनदेखि अत्यधिक गर्मी बढेपछि पठनपाठनमा समस्या हुँदा गाउँ र नगरपालिका मातहतका विद्यालयमा बिदा दिइएको हो । अत्यधिक गर्मीले सोमवार मायादेवी गाउँपालिका स्थित छत्रपाली तीर्थादेवी माविका ७ विद्यार्थी बेहोस भएका थिए । 


प्रतिक्रिया