बाघको आक्रमणबाट दुई घाइते, एक बेपत्ता

आश्विन १४, २०७७ | रौतहट

रौतहटको चन्द्रपुर नगरपालीका-६ चिम्निटोलमा बाघको आक्रमणबाट दुई जना घाईते भएका छन् । एकजना वेपत्ता भएका छन् ।

सत्तेरी जंगल भित्र बाघको आक्रमणमा परी चिम्निटोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापा घाइते भएका हुन । दुबैको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ । उनीहरु सगै गएका २७ वर्षीय संगम भण्डारी जंगलमा बेपत्ता भएका छन् । 

६ जनाको समुहमा चिम्निटोल देखी पश्चिमपट्टिको जंगलमा हिजो साँझ घास काट्न गएका भण्डारी अहिले सम्मि फेला परेको छैन् । संगै घास काट्न जंगल गएका भण्डारी हराएपछि खोज्ने क्रममा थापा र श्रेष्ठलाइ बाघले आक्रमण गरेको हो । 

नेपाल प्रहरी, शसस्त्र र गाउलको टोलीले हराईरहेका भण्डारीको खोजी गरीरहेको ईलाका प्रहरी कार्यलयका चन्द्रनिगाहपुरका डिएसपि हेमबहादुर शाहीले बताउनुभयो ।


प्रतिक्रिया