आम निर्वाचन २०८२ : १ करोड ८९ लाख मतदाता सहभागी हुने चुनावमा ३ हजार बढी उम्मेदवार
फाल्गुन २०, २०८२ | काठमाडौं
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरि ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये केही उम्मेदवारले नाम फिर्ता लिएका छन् भने एक जनाको उम्मेदवारी खारेज भएको छ । १ सय ६५ निर्वाचन क्षेत्र रहेको निर्वाचनको प्रत्यक्षतर्फ दलगत रुपमा २ हजार २ सय भन्दा बढी चुनावी प्रतिस्पर्धामा छन् भने १ हजार १ सय भन्दा बढी स्वतन्त्र छन् ।
३ हजार ४ सय जना उम्मेवादर चुनावी प्रतिस्र्धामा देखिएपनि लैङ्गिक रुपमा भने महिला र पुरुषको संख्यामा ठूलो भिन्नता देखिएको छ । यस पटकको निर्वाचनमा ३ सय ८८ जना महिला उम्मेदावारले आफ्नो चुनौती पेश गरिरहेका छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या कम देखिएको भएपनि १ सय १० सिट रहने व्यवस्था गरिएको समानुपातिक प्रणालीतर्फ भने महिला उम्मेदवारको वर्चश्व देखिएको छ । दलगत रुपमा चयन हुने समानुपातिक सांसद्का लागि यसपटक भने दलहरुले महिलालाई पर्याप्त अवसर देखिएको निर्वाचन आयोगको तथ्याङ्क छ । आयोगका अनुसार ३ हजार १ सय ३५ जना कुल समानुपातिकतर्फको उम्मेदवार कायम रहेकोमा १ हजार ७ सय ७२ जना महिला र १ हजार ३ सय ६३ जना पुरुष आंकक्षी देखिएका छन् ।
निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख ३ हजार ८९ जना मतादता रहेकोमा ९२ लाख ४० हजार १ सय ३१ जना महिला र ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरुष छन् ।
मधेश
३६ लाख ३६ हजार ४ सय १४ जना मतदाता रहेको मधेश प्रदेशमा १ हजार भन्दाबढी चुनावी प्रतिस्पर्धा गर्दै संसद् प्रवेश गर्ने रणनीतिसहित चुनावी मैदानमा छन् । सबैभन्दा धेरै उम्मेदवार रहेको मधेश प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् । अन्य प्रदेश भन्दा यहाँ तुलानात्मक रुपमा महिला उम्मेदवारको संख्या समेत बढी देखिन्छ । १ सय भन्दा बढी महिलाले प्रतिस्पर्धा गर्न लागेको यो प्रदेशमा ९ सय भन्दा बढी पुरुष उम्मेदवार छन् ।
बागमती
उम्मेदवार संख्याका आधारमा दोस्रो स्थानमा रहेको वागमती प्रदेशमा ७ सय ३१ जनाले प्रतिस्पर्धा गर्दैछन् । यो प्रदेशमा १ सय ८ महिला र ६ सय २३ पुरुषले उम्मेदवारी दिएका छन् । सबैभन्दा धेरै सिट संख्या रहेको वागमती प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० जना मतदाता छन् । ३३ सिट कायम रहेको वागमतीमा १ हजार ८ सय १५ मतदानस्थल र ४ हजार ३ सय ४१ मतदान केन्द्रमार्फत आफ्ना प्रतिनिधि चयनका लागि मतदान हुनेछ ।
लुम्बिनी
मधेश र वागमती प्रदेशपछि लुम्बिनी प्रदेशपछि ५ सय ८२ जना उम्मेदवारबीच लुम्बिनी प्रदेशमा २६ सिटका लागि प्रतिस्र्धा हुँदैछ । यो प्रदेशमा ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाता छन् । २६ सिटका लागि ५३ जना महिला सहित ५ सय २९ जना संसदीय राजनीतिमा होमिने तयारीमा छन् । लुम्बिनीमा ५ सय २८ जना पुरुष र ५३ जना महिला उम्मेदवार छन् भने ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाता कायम भएका छन्
निर्वाचन अयोगका अनुसार यस पटकको निर्वाचनको प्रत्यक्षतर्फ कायम भएका मतदाता मध्ये सबैभन्दा धेरै १ हजार ७७ जना ४० देखि ४९ वर्षभित्रका छन् भने ३० वर्ष मुनिका २ सय १ जना र ८० वर्ष माथिका ७ जनाले उम्मेदवारी दिएका छन् । यस्तै समानुपातिकतर्फ ८० वर्ष माथिका १२ जना र ३० वर्ष मुनिका १ सय ६८ जना उम्मेदवार कायम भएका छन् । प्रत्यक्षतर्फ ६५ वटा दलले चुनावमा सहभागीता जनाउँदा ६३ वटा दलले समानुपातिक तर्फ उम्मेदवारी दिएका छन् ।
कोशी
उम्मेदवारको संख्याका आधारमा मधेश, बागमती र लुम्बिनी प्रदेशपछि कोशी प्रदेशमा सबैभन्दा धेरै उम्मेदवार रहेका छन् । प्रतिनिधिसभातर्फ २८ सिट रहेको कोशीमा ४ सय ३६ जना पुरुष र ५८ जना महिला सहित ४ सय ९५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ३६ लाख ७४ हजार ३ सय १० मतदाता छन् । मधेश र वागमती प्रदेश जस्तै कोशी प्रदेशमा पनि महिला मतदाताको संख्या तुलनात्मक रुपमा कम देखिएको छ । यो प्रदेशमा १ं७ लाख ४६ हजार ७३ महिला र १८ लाख २८ हजार २ सय १३ जना पुरुष मतदाता छन् ।
गण्डकी
१८ वटा निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा २ सय ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा देखिएका छन् । महिला मतदाताको संख्या धेरै रहेको यो प्रदेशमा उम्मेदवारको संख्या भने न्यून देखिएको छ । २ सय ३ जना पुरुष उम्मेदवार रहेकामा महिला उम्मेदवारको संख्या भने ३१ मात्र छ । १८ लाख ७० हजार ६५ जना मतदाता मध्ये ९ लाख १४ हजार ५ सय ३५ जना पुरुष र ९ लाख ५५ हजार ५ सय १६ जना महिला मतदाता रहेका छन् ।
सुदूरपश्चिम
१७ लाख मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा दल र स्वतन्त्र गरि २ सय ६ जना चुनावी प्रतिस्पर्धामा छन् । महिला मतदाताको संख्या धेरै रहेको यो प्रदेशमा पनि महिला उम्मेदवारको संख्या भने न्यून छ । ८ लाख ६४ हजार ४ सय २३ जना महिला मतदाता रहेको सुदूरपश्चिममा जम्मा महिला उम्मेदवार भने १८ जना रहँदा ८ लाख ५२ हजार २ सय १९ जना पुरुष मतदाता र १ सय ८८ जना उम्मेदवार छन् ।
कर्णाली
मतदाता र उम्मेदवारको संख्याका आधारमा सबैभन्दा सानो प्रदेशका रुपमा रहेको कर्णाली प्रदेशमा १ सय ३१ उम्मेदवार चुनावी प्रतिस्र्धामा छन् । यो प्रदेशमा १ सय २० जना पुरुष र ११ जना महिला उम्मेदवारबीच १२ सिटका लागि प्रतिस्पर्धा हुन लागेको हो । निर्वाचन आयोगका अनुसार कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा ५ लाख २७ हजार ८ सय ८६ जना पुरुष र ५ लाख ९ हजार ३ सय ३१ जना महिला मतदाता छन् ।
निर्वाचनमा २ लाख १५ हजार कर्मचारी खटाइएको छ भने विभिन्न ३९ वटा राष्ट्रिय संस्था र ४ वटा अन्तर्राष्ट्रिय निकायलाई निर्वाचन पर्यवेक्षणका लागि स्वीकृती दिइएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ जना नेपाल प्रहरी तथा ३४ हजार ५ सय ७६ शास्त्र प्रहरी र १ हजार ९ सय २१ जना राष्ट्रिय अनुसन्धान विभागबाट खटिने भएका छन् भने १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको छ । प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार र समानुपातिक तर्फ २ करोड ८ लाख ३० हजार थान मतपत्र छापिएको छ ।











