संविधान कार्यन्वयन गर्ने सवालमा सरकार अनुदार बन्दै : डा चन्द्रकान्त ज्ञवाली

श्रावण २९, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 13 August 2020 | 29 Shrawan 2077

वरिष्ठ अधिवक्ता एवं संविधानविद डा चन्द्रकान्त ज्ञवालीले संविधानको कार्यन्वयन गर्ने सवालमा सरकार अनुदार बन्दै गएको बताउनुभएको छ । संविधान जारी भएको ५ वर्ष पुरा भएपनि अधिकांश संवैधानिक आयोगहरु अपुर्ण हुनु दुर्भाग्य भएको डा ज्ञवालीले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै संविधानविद ज्ञवालीले दलित, महिला, आदिवासी, मधेशी एवं अल्पसंख्यक समुदायको हितका लागि संविधानले नै व्यवस्था गरेको आयोगले पूर्णता नपाउँदा लक्षित वर्गहरुमा निराशा उत्पन्न भएको बताउनुभयो । दलीय भागवण्डा नमिल्दा पनि आयोगहरुले पुर्णता पाउन नसकेको उहाँको भनाई छ ।


प्रतिक्रिया