नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धताको खाँचो छ : दीपक गौतम

फाल्गुन १४, २०७७

The Headliners | Journalist Pawan | 26 February 2021 | 14 Falgun 2077

युवा निर्माण व्यवसायी दीपक गौतमले मुलुक निर्माणका लागि सबैको सामूहिक प्रतिबद्धताको खाँचो औंल्याउनु भएको छ । निर्माण व्यवसायीहरु राष्ट्रनिर्माणको आधार भए पनि उनीहरुलाई सरकारले उपेक्षा गरेको उहाँको गुनासो थियो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा आज कुरा गर्दै अन्तर्राष्ट्रिय अनुभव समेत बटुलेका गौतमले योजना छनोटकै चरणबाट विज्ञहरुको सहयोग लिने काम गर्न सरकारलाई सुझाव दिनुभयो । सार्वजसनक खरीद नियमावलीको संशोधन छोटो समयमै पटकपटक गर्नुले हाम्रा नीति निर्माताहरुको राष्ट्रनिर्माणबारेको अपुरो बुझाई छर्लङ भएको गौतमले उल्लेख गर्नुभयो ।

पूँजीगत खर्च गर्न नसक्ने तर निर्माण व्यवसायीलाई पेश्की रकम घटाउने सरकारको नीति नै दोषी भएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीहरु सबै दूधले धोएको र चोखो नरहे पनि विस्तारै यस क्षेत्रमा रहेका बिसङ्गति र विकृतिहरु घट्ने क्रममा रहेको उहाँको दावी थियो । निर्माण व्यवसायीहरुलाई सरकारले प्रोत्साहन नगर्ने र विभिन्न समूहले चन्दा सङ्कलन गर्ने माध्यम मात्रै बनाउने हो भने धेरै व्यवसायीहरु पलायन हुने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो । कोभिडका कारणले निर्माण कार्यहरु समयमै सम्पन्न हुन गाह्रो पर्ने भएकाले सरकारले आयोजनाहरुको समयावधि थप्नु पर्ने उहाँको जिकिर थियो ।


प्रतिक्रिया