पार्टीभित्र पावर शेयरिङबारे छलफल भइरहेको छ : नेता आचार्य

श्रावण ८, २०७८

The Headliners | Journalist Parwata | 23 July 2021| 08 Shrawan 2078

एमाले नेता भीम आचार्यले पार्टीभित्र मुख्य रुपमा विश्वासको खडेरी देखिएकाले त्यो हटाउने पहल जारी रहेको बताउनुभएको छ । पार्टीभित्र तीब्र विवाद बढ्दै जादा आन्तरिक एकताका लागि अब शीर्ष नेताबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दि हेडलाईनर्समा आज विहान कुरा गर्दै नेता आचार्यले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिकै आधारमा अन्य सबै विवादीत बिषय टुंगिने भएपनि विश्वासको वातावरण निर्माणका लागि पावर शेयरिङ लगायत बिषयमा छलफल चलिरहेको उल्लेख गर्नुभयो । कुनै एक पक्षलाई पार्टीभित्र मनोमानी गर्नबाट रोक्न पावर शेयरिङ आवश्यक रहेको उहाँको तर्क छ ।


प्रतिक्रिया