नेपालले कूटनीतिक मर्यादा जोगाउन सकेन : पूर्व राजदूत निलाम्बर आचार्य

असार ८, २०७९ | kathmandu

संविधानविद्, कूटनीतिज्ञ एवं भारतका लागि नेपालका पूर्व राजदूत निलाम्बर आचार्यले परराष्ट्र मामिला कमजोर हुँदा अन्तर्राष्ट्रिय शक्ति राष्ट्र र छिमेकी मुलकका अघि नेपाल कमजोर बन्दै गएको बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले पछिल्लो समय नेपालले कूटनीतिक मर्यादा जोगाउन नसक्दा, परराष्ट्र नीति, कूटनीतिक अवधारणा र सुरक्षा नीति आलोचित बनेको बताउनुभएको हो । नेपालसँग जुनसुकै मुलुकले पनि आफ्ना स्वार्थनुकुल अपेक्षा राख्न सक्ने भएकोले आन्तरिक रुपमै सरकार र राजनीतिक दलका नेतृत्वकर्ताहरुले कूटनीतिक आचार संहिताको पालना गर्नेदेखि आन्तरिक समन्वय बलियो बनाउनुपर्ने आचार्यले बताउनुभयो । शक्ति राष्ट्रका बीचमा नेपालले असंलग्न राष्ट्रको नीति अवलम्वन गर्दै कूटनीतिक मर्यादा अनुसार आफ्नो स्पष्ट अडान र धारणा अनुरुप अघि बढ्नुपर्ने आचार्यको भनाई थियो


प्रतिक्रिया