राष्ट्रियता र मुलुकको स्थायित्वका लागि राप्रपा रोजेको हो : रविन्द्र मिश्र

आश्विन १३, २०७९

विवेकशील साझा पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेका नेता रविन्द्र मिश्रले राष्ट्रियता र मुलुकको स्थायित्व अनि सार्वभौमसत्ताका लागि राप्रपाले उठाएको एजेन्डा सही भएकाले आफू उक्त पार्टी प्रवेश गरेको बताएका छन् । गणतन्त्र, संघीयता र धर्म निरपेक्षताले मुलुक हित नगरेकाले राप्रपाको एजेन्डा अनुसार अघि बढ्नुको विकल्प नभएको चर्चा मिश्रले गरेका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान कुरा गर्दै उनले राजतन्त्रको एजेन्डा उठाउनु प्रतिगामी कदम नभएको बताए । आगामी निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने मिश्रको भनाइ छ ।


प्रतिक्रिया