आजका मुख्य समाचारः २०८१ कार्तिक ३०
कार्तिक ३०, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा बीआरआई परियोजना कार्यन्वयनको विषय चर्चामा, ऋण की अनुदान भन्नेमा सत्तारुढ काँग्रेस र एमालेबीच फरक मत
चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री ओलीको भनाई, एसईईको नतिजामा सुधारका लागि अनलाइन कक्षालगायतका विकल्पका योजना ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकको भनाई, स्थानीय तह उपनिर्वाचनका लागि देशभर ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना
श्रीलङ्कामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति दिशानायकेको गठबन्धन नेशनल पिपुल्स पावर एनपीपीलाई बहुमत
र
विश्वकपमा नेपाललाई पुर्याउन सफल टिमलाई नगद १० लाख पुरस्कार दिने एनपीएलमा सहभागी आठ टोलीको घोषणा, एनपिएलको स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने