वर्तमान गठबन्धन भत्किए अर्को सरकार माओवादी नेतृत्वमा बन्छः अध्यक्ष दाहाल

मंसिर १, २०८१ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन भत्किएमा अर्को सरकार माओवादीकै नेतृत्वमा बन्न सक्ने दावी गर्नुभएको छ ।

संसदमा आफूहरुको जादूमयी संख्या भएको भन्दै दाहालले सरकार गठन गर्न सक्ने हैसियतमा माओवादी केन्द्र रहेको बताउनुभएको हो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले भ्रष्टाचारीलाई जोगाउन काँग्रेस र एमालेको गठबन्धन बनेको आरोप समेत लगाउनुभयो ।

जनताको हितका लागि माओवादीले फेरि आन्दोलनको नेतृत्व गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।


प्रतिक्रिया