रुससँगको युद्ध समाप्त हुने युक्रेनी राष्ट्रपतिको विश्वास

मंसिर १, २०८१ | काठमाडौं

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै रुससँगको युद्ध छिटो समाप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतीय चुनावमा ट्रम्पले जितेपछि फोनमा कुराकानी गरेको जिकिर गर्दै जेलेन्स्कीले वार्ता फलदायी भएको दाबी गर्नुभएको छ । ट्रम्पले युद्ध रोक्न रुससँग हुने आगामी वार्ताको लागि युक्रेनसँग कुनै माग नराखेको जेलेन्स्कीको भनाइ छ ।

दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका ट्रम्पले चुनावी अभियानका क्रममा रुस युक्रेन युद्ध अन्त्य गर्नु र युक्रेनलाई सैन्य सहायताको रूपमा अमेरिकी स्रोतको दोहन गर्नबाट रोक्नु आफ्नो उद्देश्य भएको बताउनुभएको थियो ।    


प्रतिक्रिया