आजका मुख्य समाचारः २०८१ चैत २४, साँझ ०६ः ३० बजे

चैत्र २४, २०८१ | काठमाडौं

मुलुकमा भएका विकास र परिवर्तनहरु विकृति–विसंगतिका कारण ओझेलमा, देशको अवस्थालाई लिएर गणतन्त्र र राजतन्त्रपक्षबीच आरोप–प्रत्यारोप

नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिमा बिचौलियाको चलखेल भइरहेको कांग्रेस नेता शेखर कोइरालाको आरोप, संविधान संशोधन र सुशासन बहाली गर्ने एजेन्डामा सरकारले औचित्य पुष्टि गर्न नसकेको टिप्पणी

शिक्षा ऐनको माग गर्दै आम शैक्षिक हड्ताल गर्ने शिक्षक राष्ट्रिय महासंघको घोषणा, देशभरका विद्यालय बन्द गरी सडकमा आउन शिक्षकहरुलाई आव्हान

अमेरिकासँग अप्रत्यक्ष वार्ता गर्न तयार इरानको प्रतिक्रिया, आन्तरीक मामिलामा प्रवेश नगर्न अन्य देशलाई चेतावनी

आइसीसी यू–१९ विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोली अफगानिस्तानसँग लगातार दोस्रो खेलमा पराजित


प्रतिक्रिया