बार एसोशियशन निर्वाचनः अध्यक्षमा मिश्रको अग्रता कायमै

चैत्र २६, २०८१ | काठमाडौं
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियशनको २७ औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
मतगणनाको दोस्रो दिन समेत सत्ता गठबन्धन निकट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मिश्रले २ हजार १० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १ हजार ७ मत प्राप्त गर्नुभएको नेपाल बारले जनाएको छ । नयाँ नेतृत्व छनोटका लागि गत शनिबार निर्वाचान भएको थियो ।