आजका मुख्य समाचारः २०८२ बैशमाख १०, साँझ ०६ः३० बजे

वैशाख १०, २०८२ | काठमाडौं

स्थापना कालदेखि नै विवादमा अल्झिएको कम्युनिष्ट आन्दोलनको ७६ वर्ष पूरा, नेतृत्व टकरावका कारण दर्जनौं नाममा विभाजित

गर्मी बढेसँगै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह, वृद्धवृद्धा र दीर्घ रोगीको शरीरमा पानीको मात्रा कम भई जलवियोजन हुन सक्ने भन्दै प्रशस्त झोलिलो पदार्थ र पानी पिउनुपर्ने भनाइ

ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेको प्रमुख प्रतिपक्षी दल माओवादीको निष्कर्ष, वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको गृहमन्त्री लेखकको प्रस्टीकरण

जम्मू–कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा आफ्नो देशको कुनै संलग्नता नभएको पाकिस्तानको स्पष्टोक्ति, आक्रमण गर्ने तीन संदिग्धको पहिचान

नेपाल सुपर लिग फुटबल अन्तर्गत क्वालिफायर टु मा धनगढी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा जारी 


प्रतिक्रिया