आजका मुख्य समाचारः २०८२ बैशाख २१, साँझ ०६ः ३० बजे

वैशाख २१, २०८२ | काठमाडौं
भारतको ओडिसास्थित कालिङ्गा विश्वविद्यालयमा नेपाली छात्रा प्रिसा साहको मृत्यु प्रकरणबारे राष्ट्रिय सभाद्वारा सरकारको ध्यानाकर्षण, एनओसी बन्द गर्न सांसदहरुको माग
काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युबारे उच्चस्तरिय छानविन समिति गठन गर्न पत्रकार महासंघको माग, घटनाले पत्रकार तथा सञ्चारगृहलाई त्रसित बनाएको निष्कर्ष
भारत र पाकिस्तानबीच बढ्दो तनावको असर क्षेत्रीय र विश्वव्यापी रुपमा समेत पर्दै, एक–अर्काविरुद्ध विभिन्न प्रतिबन्धको घोषणा, थप द्वन्द्व निम्त्याउने जोखिम
र
इरानी टोली पोखरामा जारी लायन्स कप पुरुष भलिबलको फाइनलमा प्रवेश, सेमिफाइनलमा त्रिभुवन आर्मी पराजित