आजका मुख्य समाचारः २०८२ जेठ २०, साँझ ०६ः ३० बजे

जेष्ठ २०, २०८२ | काठमाडौं
प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित, गृहमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध गर्ने विपक्षी दलको अडान
सार्वजनिक सवारी साधन नचल्दा विभिन्न जिल्लामा सर्वसाधारणलाई सास्ती, यातायात व्यवसायीको हड्तालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठनको अराजकता रोकिएन, शैक्षिक मद्दा छाडेर संगठनको स्वार्थमा केन्द्रीत भएको आरोप
पाकिस्तानमा फेरि टिकटक स्टारको हत्या, दक्षिण कोरियामा राष्ट्रपतिय निर्वाचनमा विपक्षी दलको अग्रता
र
आइपिएल क्रिकेटको फाइनल आज, उपाधिका लागि आरसीबी र पञ्जाब भिड्दै