Stories By 'रेडियो कान्तिपुर'
रुकुम पश्चिममा पनि डेंगु रोगको बिरामी फेला परेको छ । जिल्ला अस्पताल सल्लेमा उपचारका लागि आएका एक जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
पूरा पढ्नुहोस्
नेपालका सबै क्रान्ति र आन्दोलनका प्राप्त उपलब्धीलाई संस्थागत गर्दै संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको दिनको सम्झनामा आज चौंथो संविधान दिवस मनाईदै छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।
पूरा पढ्नुहोस्
भोजपुरको षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राई चढ्ने गाडी निजिकै कुकर बम विस्फोट भएको छ । गएराति अज्ञात समूहले उपप्रमुख राई चढ्ने गाडी नजिकै बम विस्फोट गराएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।
पूरा पढ्नुहोस्
विभिन्न क्षेत्रमार्फत राष्ट्रलाई योगदान पुर्‍याउने ६ सय ३४ जना मानपदवी, अलंकार र पदकबाट विभुषित हुने भएका छन् । संविधान दिवसको उपलक्ष्यमा घोषणा गरिएका विभुषण एक विशेष समारोहका बीच प्रदान गरिने छ । 
पूरा पढ्नुहोस्
दुई नयाँ अनुहार समेट्दै सिंगापुरमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । सिंगापुरमा सेप्टेम्बर २७ बाट सुरु हुने प्रतियोगिताका लागि पारस खड्काको कमानीमा नेपाली टोली घोषणा गरिएको हो । उपकप्तानको जिम्मा दिपेन्द्रसिंह ऐरीले पाएका छन् ।
पूरा पढ्नुहोस्
मुलुक संघीयतामा गएको लामो समयपछि बल्ल प्रहरी समायोजनको बोटो खुलेको छ । प्रहरी समायोजनसँग सम्वन्धित दुई वटा विधेयक संघीय संसदका दुबै सदनबाट पारित भएसँगै प्रहरी समायोजनको बाटो खुल्ला भएको हो ।
पूरा पढ्नुहोस्
संघीय संसदका लागि सिंहदरवारमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ । सिंहदरवारको उत्तर पूर्वी क्षेत्रस्थित पुतली बंगैचामा करीब ७ अर्ब रुपैयाँ लागतमा प्रतिनिधि र राष्ट्रिय सभाको भवन निर्माण सुरु भएको हो ।
पूरा पढ्नुहोस्
उपप्रधान एवम स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले डेंगुका कारण भयावह अवस्था नरहेको दाबी गर्नुभएको छ । पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप घट्दै गएकाले डराउनु पर्ने अवस्था नरहेको उपप्रधानमन्त्री यादवले प्रतिनिधि सभालाई जानकारी गराउनुभयो ।
पूरा पढ्नुहोस्
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासंघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै क्षेत्रमा श्रम ऐनअनुसारको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा लागू गरिनुपर्ने बताउनुभयो ।
पूरा पढ्नुहोस्
धितोपत्र बजारमा आज २२ अंकले सुधार आएको छ । बजार परिसूचक नेप्से आज २२ दशमलव ६८ अंकले बढेर १ हजार १ सय ७३ दशमलव ४२ बिन्दुमा पुगेको छ । कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकाला लागेकाले नेप्सेमा सुधार देखिएको हो ।
पूरा पढ्नुहोस्