नेप्सेसँगै कारोबार रकम पनि घट्यो

भाद्र ५, २०७६ | काठमाडौं

सेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा झिनो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज शून्य दशमलव ९९ अंकले घटेर १ हजार २ सय १३ दशमलव ६ अंकमा पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा ३ करोड रुपैयाँले कमी आएको छ । कारोबार भएका १२ मध्ये ८ वटा कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । सबै भन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ४२ दशमलव १ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ७२ कम्पनीका ६ हजार २ सय ७८ कारोबारबाट १० लाख ७७ हजार ७ सय २० कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २६ करोड १६ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया