सुनको भाउ २ सयले घट्यो

भाद्र २७, २०७६ | काठमाडौं

पछिल्लो केही दिन देखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । गत डेढ महिना देखि उतारचढाव देखिएको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले घटेको छ । सुनको भाउ घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत आइतबारदेखि सुनको भाउमा निरन्तर गिरावट आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले बढेकोले केही समय अघि त्यसको असर नेपाली बजारमा परेको थियो ।

अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य आकासिँदा नेपाली बजारमा सुनको कारोबारमा समेत ह्वात्तै गिरावट आएको व्यवसायीहरु बताउँछन् । चाँदीको मूल्यमा पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 


प्रतिक्रिया