सामान राख्न केरुङमा कन्टेनरको अभाव

आश्विन ४, २०७६ | रसुवा

केरुङमा सामान लोड गर्नका लागि खाली कन्टेनरको अभाव भएको छ । खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएको दशैं र तिहारका सामान गोदाममै थन्किएको व्यापारीहरुले बताएका छन् । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक अबरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो ।

अहिले केरुङमा सामान लोड गर्नका लागि खाली कन्टेनरनै छैन् व्यापारी धर्म पौडेलले बताउनुभयो । दशैं र तिहारका धेरै सामान गोदाममै थन्किएको छ । कालिका गाउँपालिका–१ नाकुरदुङ भन्ने ठाउँमा भदौ २५ गते साँझ करीब ५ बजे सडक भासिंदा पासाङल्हामु मार्ग अवरुद्ध बनेको छ । सडक अबरुद्ध हुँदा सामान लिन खाली कन्टेनर केरुङ जान पाएका छैन्न । राजधानी लगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ ।

दशैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । दशैंका लागि चिनियाँ तयारी पोसाक रसुवागढी नाकाबाट भित्रने गरेको छ । बिहीबार केरुङमा ५–६ वटा कन्टेनरमा शिल गरिएको केरुङबाट व्यापारीहरुले जानकारी दिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो । रसुवागढी नाकाबाट दशैं र तिहारमा बिक्री हुने रेडिमेटका सबै भन्दा सामानहरु आयात हुने गरेको उहाँले बताउनुभयो ।

दशैं र तिहारका लागि मात्र रसुवागढी नाकाबाट करीब ११ सय देखि १२ सय कन्टेनर सामान आयात हुने गरेको छ । यता लामो समयसम्म सडक अवरुद्ध भएपछि केरुङबाट तातोपानी नाकातर्फ व्यपारीहरुले स्याउ लैजान थालेका छन् । सडक अवरुद्ध भएपछि स्याउका व्यापारीले डाइभर्ट गरेर तातोपानी तर्फ लगेका हुन् । चाडबाडको मुखैमा नाका जोडने सडक अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । दशैं सुरु हुन दुई हप्ता मात्र बाँकी छ ।

दशैंका सामान समयमै काठमाडौं पुर्‍याउन सकिएन भने व्यावसायबाटै हात धुन पर्ने अबस्था आउँछ व्यापारीहरुले बताए । मंगलबार साँझदेखि मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड सञ्चालनमा आएपछि केही कन्टेनर काठमाडौंतर्फ गएका छन् । पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडक आइतबार दिउँसो सम्ममा सञ्चालनमा ल्याउने गरी सडक निर्माणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । सडक डिभिजन कार्यालय नुवाकोटसँग समन्वय गरेर पहिरो गएको ठाउंमा तारजाली हाल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया