नेप्से र कारोबार दुबै घट्यो

कार्तिक २६, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज फेरि गिरावट आएको छ । बजार परिसूचक नेप्से आज ५ दशमलव ६१ अंकले घटेर १ हजार १ सय ३९ दशमलव ९६ बिन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १७ करोड रुपैयाँले गिरावट आएको छ ।

हिजो १३ अंकले उकालो लागेको नेप्सेमा करीब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा कारोबार भएका उत्पादनमूलक कम्पनी समूह बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । 

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ५५ दशमलव ८९ अंकले घटेको छ । नेप्सेमा आज कुल १ सय ६१ कम्पनीका ५ हजार ३२ कारोबारबाट १० लाख ८२ हजार ८ सय १५ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया