उद्योग संघ मकवानपुरको अध्यक्षमा पोखरेल

पुस २५, २०७६ | हेटौंडा

उद्योग संघ मकवानपुरको शुक्रबार सम्पन्न १८ औं साधारण सभाबाट लेखराज पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । पोखरेल यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनु हुन्थ्यो । 

संघको वरिष्ठ उपाध्यक्षमा स्वागतराज प्याकुरेल, उपाध्यक्षमा बद्रीनाथ शर्मा, महासचिवमा वासु कार्की, कोषाध्यक्षमा किशोर अर्याल र सह–कोषाध्यक्षमा श्याम ढकाल निर्वाचित भएका छन् । 

कार्यसमितिका सदसयहरु १३ जना रहेका छन् । कार्य समितिको पदावधि २ वर्षको रहने छ । संघको साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले औधोगिक क्षेत्रहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग गर्दै आएको जानकारी दिनुभयो । 

उद्योग कलकारखाना उन्नती नभएसम्म मुलुक समृद्ध नहुने भएकाले सरकार उद्योगमैत्री वातावरण र कानून निर्माण गर्न कटिबद्ध रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । 

औधोगिक क्षेत्रहरु संघीय सरकारको मातहतमा रहेका छन् । उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रदेश सभाका प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर वानिया लगायत विभिन्न वक्ताहरुले बोलेका थिए । संघमा १ सय ६० जना साधारण सदस्य रहेका छन् । 


प्रतिक्रिया