नेप्सेमा सामान्य गिरावट, डेढ अर्ब बढीको कारोबार

फाल्गुन १, २०७६ | काठमाडौं

कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजार सामान्य अंकले ओरालो लागेको छ । बजार परिसूचक नेप्से आज १ दशमलव ३९ अंकले घटेर १ हजार ३ सय ४४ दशमलव ५९ बिन्दुमा पुगेको छ । 

नेप्सेमा सामान्य गिरावट आएपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा २७ करोड रुपैयाँले बढेको छ । 

कारोबार हुने अन्तिम दिन आज एक अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

अघिल्लो दिन ४ अंकले उकालो लागेको नेप्सेमा एक अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

कारोबार भएका बैंक, विकास बैंक, होटल, जलविद्युत र म्यूचलफण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । 

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय २ दशमलव ७४ अंकले बढेको छ । 

यस्तै, निर्जीवन बीमाको ५५ दशमलव ९२, उत्पादनमूलक ३८ दशमलव ६६ र लघुवित्त समूहको २९ दशमलव ५४ अंकले उकालो लागेको छ । 

नेप्सेमा आज कुल १ सय ७२ कम्पनीका १७ हजार ६ सय ९८ कारोबारबाट ३७ लाख २० हजार ९२ कित्ता सेयर किनबेच भए । 

कारोबार हुने अन्तिम दिन नेप्सेमा हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया