आधा सिलिण्डर ग्यासको मूल्य तीन थरी

चैत्र १४, २०७६ | काठमाडौं

नेपाल आयल निगमले ठाउँअनुसार आधा सिलिण्डर ग्यासको तीन थरी मूल्य तोकेको छ । काठमाडौं लगायतका अन्य स्थानका लागि खुद्रा बिक्री मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । 

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि ६ सय ७० रुपैयाँ निर्धारण गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । यस्तै, तराईका अन्य क्षेत्रका लागि ६ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको निमगले जनाएको छ । 

ग्यासको आयात पर्याप्त भएपनि बजारमा ग्यास अभाव देखिएपछि निगमले उद्योगीहरूलाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको थियो । 

सोहीअनुसार ग्यास उद्योगीहरुले पनि रिफिलिङ गरिरहेको एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले बताउनुभयो । एउटा सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । 

सबै उपभोक्तालाई ग्यासको पहुँचमा पुर्‍याउन आधा सिलिण्डर मात्र ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ । यसअघि नाकाबन्दीका बेला निगमले आधा मात्रै सिलिन्डर भनेर वितरण गरेको थियो ।


प्रतिक्रिया