भीमफेदी—कुलेखानी सडक स्तरोन्नती कार्य पुन: शुरु

चैत्र २५, २०७६ | मकवानपुर

लकडाउनको अवस्थामा सबै सुरक्षा अवस्था अपनाएर वाग्मती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंको सेतुको रुपमा विकास हुँदै गएको भीमफेदी—कुलेखानी सडकको स्तरोन्नतीको कार्य सुरु भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सो सडकको स्तरोन्नतीलाई निरन्तरता दिएको हो । लकडाउनका समय सवारी साधन नचल्ने भएपछि समस्या नहुने भन्दै स्तरोन्नती गर्ने कार्य पुन: थालिएको मन्त्री रामेश्वर फुँयालले बताउनुभयो । 

मकवानपुरको भीमफेदीदेखि कुलेखानीको बाँधसम्म साढे १५ किलोमिटर सडक भीमफेदीदेखि देउरालीसम्म र देउरालीदेखि कुलेखानी बाँधसम्म गरेर दुई भागमा विभाजन गरेर काम थालिएको मन्त्री फुँयालको भनाई छ । भीमफेदी–देउरालीसम्म आठ किलोमिटर १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

देउराली–कुलेखानी साढे सात किलोमिटर सडक १५ करोड लागतमा ठेक्का सम्झौता भएको छ । मोती दाना निर्माण कम्पनीले सडक स्तरोन्नतीको ठेक्का पाएको छ । 


प्रतिक्रिया