लकडाउनमा चीनसँग जोडिने सडकमा पिच गरिंदै

वैशाख ३१, २०७७ | नुवाकोट

लकडाउका समयमा त्रिदेशीय मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक कालोपत्रे गर्न सुरु भएको छ । 

धादिङको गल्छीको महेशखोलादेखि पृथ्वीराज मार्गसँग जोड्ने सडकमा कालोपत्रेको काम सुरु भएको हो । सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर पिच गर्न थालिएको आयोजनाका योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । 

आयोजनाले अहिलेसम्म धादिङ महेशखोला वारि र नुवाकोट तर्फ कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पिपलटार र माझिटार गरी २० किमी सडकको तल्लो लियर पीच गरिसकेको आयोजनाकाले जनाएको छ ।

काठमाडौ–गल्छी–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी–रसुवागढीको दुरी १ सय ५२ किलोमिटर छ । तर मैलुङबाट सडक निर्माण भएपछि त्यो दूरी २३ किमी दूरी छोटिन्छ । आयोजनाको लागत ९ अर्ब ५० करोड रुपैया रहेको छ । 


प्रतिक्रिया