नेपाललाई एडीबीको करीब ३० अर्ब रुपैयाँ सहुलियत ऋण

जेष्ठ १९, २०७७ | काठमाडौं

कोरोना भाइरस नियन्त्रणका लागि एसियाली विकास बैंक एडीबीले नेपाललाई २ सय ५० मिलियन अमेरकी डलर अर्थात करीब ३० अर्ब रुपैयाँ सहिलयतपूर्ण ऋण दिने भएको छ । 

एडीबीले कोरोना भाइरस प्रतिकार्य कार्यक्रममा सहयोग गर्न नेपाल सरकारलाई सो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडीबीका तर्फबाट देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले सो ऋण सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

एडीबीले उपलब्ध गराउने ऋणबाट सरकारले कोरोना रोकथाम र नियन्त्रणका साथै जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने सचिव ढुंगानाले बताउनुभयो । सो रकम सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका लागि पनि खर्च गरिने उहाँले बताउनुभयो । 

त्यस्तै, एडीबीका नेपाल निर्देशक खामुदाख्नोभले महामारी नियन्त्रणका लागि सरकारले अगाडि सारेका कार्यक्रमलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाउनुभयो । एडीबीले यसअघि युनिसेफसँगको साझेदारीमा नेपाललाई कोरोना विरुद्धको लडाइँका लागि तीन लाख डलरको अनुदान सहयोग गरिसकेको छ ।


प्रतिक्रिया