कांग्रेस सह-महामन्त्री महत र उद्योगीबीच छलफल

असार २४, २०७७ | काठमाडौं

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थिति अनुगमन समितिले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको छ । 

छलफलका क्रममा कांग्रेस सहमहामन्त्री एवं समितिका संयोजक डा. प्रकाश शरण महतले सरकारलाई व्यवसायी लक्षित गरेर राहत ल्याउन पहल गर्ने बताउनु भएको थियो ।

सरकारले व्यवसायीलाई राहत हुने कुनै पनि प्याकेज अहिलेसम्म नल्याएको र बजेटमा पनि निजी व्यवसायलाई कोरोनापछि कसरी अगाडि बढाउने भन्ने कुनै नीति कार्यक्रम पनि नभए उहाँले बताउनुभयो ।

त्यस्तै, समितिका सदस्य एनपी साउद र चन्द्र भण्डारीले निजी व्यवसायीलाई पनि अहिलेको विषम परिस्थितिमा श्रमिकहरुलाई कामबाट ननिकाल्न पनि आग्रह गरेका थिए । 

छलफलमा सरकारले यति लामो समयसम्म बन्दाबन्दी गरेको र आफूहरुलाई राहत प्याकेज पनि नल्याएको गुनासो उद्योगीहरुले पोखेका थिए । निजी ब्यवसाय सञ्चालन गर्नेलाई राज्यले दुख दिन मात्रै खोजेको उद्योगीहरुले बताएका थिए । 


प्रतिक्रिया