तीन दिन देखि सिमकोटमा विद्युत अवरुद्ध

असार ३०, २०७७ | हुम्ला

हिल्दुम बिद्युत बितरण केन्द्रको विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएपछि हुम्ला सदरमुकाम सिमकोटमा विद्युत सेवा अवरुद्ध छ । 

सिमकोट सहित खार्पूृनाथ गाउँपालिकामा विद्युत आपुर्ति गर्दै आएको ५ सय किलोवाट क्षमता भएको हिल्दुम विद्युत बितरण केन्द्रको डिसि पावर सप्लाईमा समस्या आएपछि सेवा बन्द भएको हो । 

बितरण केन्द्रको पावर हाउसमा रहेका २ सय ५० वाटका दुई वटा मेसिनको डिसि पावर सप्लाईमा खराबी आएको हिल्दुम बिद्युत वितरण केन्द्रले जनाएको छ । विद्युत् अवरुद्ध भएपछि सरकारी कार्यालय सहित स्थानीय सञ्चारमाध्यमको सेवा प्रभावित भएको छ । 

बिद्युत अवरुद्ध भएपछि जिल्लामा रहेको रेडियो कर्णालीले आफ्नो प्रशारण बन्द गरेको छ भने रेडियो कैलाशले प्रशारण समयाबधि घटाएको छ । 


प्रतिक्रिया