आकासियो सुनको मूल्य

श्रावण ९, २०७७ | काठमाडौं

 सुनको मूल्य आज एकैदिन १ हजार ३ सय रुपैँयाले बढेर ९५ हजार ८ सय कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ तोकेको हो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९ सय १ डलर पुगेको छ । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्पप्राय: बनेको छ । यसैबीच चाँदीको मूल्य १५ रुपैँयाले बढेर प्रतितोला एक हजार १ सय ५० कायम भएको छ ।


प्रतिक्रिया