१४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्दै केन्द्रीय बैंक

पुस २७, २०७७ | काठमाडौं

नेपाल राष्ट्र बैंकले आज १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । बैंकले ९१ दिने ८ अर्ब र १ सय ८२ दिने ६ अर्ब गरी जम्मा १४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

बोलकबोलमार्फत आज दिउँसो २ बजेसम्म सो परिमाणको ट्रेजरी बिल खरिद गरिसक्न केन्द्रीय बैंकले सूचना जारी गरेको छ । बोलकबोल गर्दा अनलाइन मार्फत गर्नुपर्ने बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले जनाएको छ ।

यसअघि पुष २० गते पनि बैंकले ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गरेको थियो । ट्रेजरी खरिदमा बाणिज्य बैंक, विकास बैंक र वित्त संस्थाहरुले भाग लिन पाउनेछन् ।

सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन ट्रेजरी बिलको बिक्रि गरिन्छ । यो ट्रेजरी बिलको बिक्रि प्रबन्धक केन्द्रीय बैंक अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन विभाग हो । 


प्रतिक्रिया