इजरायली कृषि प्रविधि सातै प्रदेशमा: कृषि मन्त्री अर्याल

फाल्गुन १३, २०७७ | काठमाडौं

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसंगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको बताउनु भएको छ । लमजुङ पुग्नु भएकी मन्त्री अर्यालले सातै प्रदेशमा सेन्टर अफ एक्लीलेन्स स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभयो । 

कृषि मन्त्रालयले यसै आर्थिक वर्षमा सर्लाहीको नवलपुरमा सेन्टर अफ एक्लीलेन्स स्थापना गरी सो अभियान सुरु गर्न लागेको छ । इजरायली कृषि प्रविधिलाई नेपाल भित्राउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको पनि उहाँले बताउनुभयो । कृषिमा यन्त्रीकरण भएन भने हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न नसक्ने भन्दै मन्त्री अर्यालले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्ने उल्लेख गर्नुभयो । 


प्रतिक्रिया